नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बैंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ । आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो ।
राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । कर्जा लिनेले बद्मासी गर्ने तर कर्जाको फाइलमा हस्ताक्षर गरेकै भरमा विपक्षी बनाई मुद्दा चल्दा यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गरेको संघले उल्लेख गरेको छ । यो समस्या समयमै सम्बोधन नहुने हो भने हाल कार्यरत राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रबाट पलायन हुने अवस्था आउने छ ।
नयाँ राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रमा आकर्षित नहुने जोखिम बढेको संघले बताएको छ । संघले दिएको सुझावमा विगत केही समय देखि बैंकिङ्ग कसूर तथा सजाय सम्बन्धी ऐन अन्तर्गत कसूरको अनुसन्धान तहकिकातको क्रममा मुलतः कर्जा प्रवाहसंग सम्बन्धित कुनै कागजातमा हस्ताक्षर गरकै आधारमा गुण, दोष लगाउन नपाइने संघले उल्लेख गरेको छ । सम्पूर्ण कर्मचारीहरुलाई विपक्षी बनाउने चलनले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा असल नियतले काम गर्दा गर्दै पनि अनाहकमा थुनिनुपर्ने तथा लामोकानूनी प्रक्रियामा संलग्न हनुपर्ने त्रास सिर्जना भईरहेको संघको भनाइ रहेकाे छ ।
त्यसकारण कर्मचारिले दैनिक कार्य संचालन गर्दा लिनु पर्ने निर्णय तथा जोखिम बहन गर्नेक्षमतामा हा्रस आएको तथा सर्वसाधारणको पनि बैंकर प्रति संखा पैदा भई सम्पूर्ण बैंकिङ्ग क्षेत्रमा पर्न सक्ने नकारात्मक असर परेकोले संघले उत्त निर्णय मान्य नहुने बताएको हो । संघले उत्त नियम सम्बोधन गरी बैंकिङ क्षेत्रमा विश्वास बढाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिदिन पनि अनुरोध गरेको छ ।





















प्रतिक्रिया