Logo

अर्थ

साधना लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति



साधना लघुवित्त वित्तिय संस्थाको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ बिक्रि गर्न नेपाल धितोपत्र वोर्डले अनुमति दिएको छ । कम्पनीको १०० रुपैयाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो । अब कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।

यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार १०:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।