Logo

अर्थ

सुनको भाउमा शुक्रबार पनि गिरावट, कतिमा हुँदैछ कारोबार?



सुनको भाउ आज पनि घटेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । बिहीबार यसको भाउ प्रतितोला ९१ हजार रुपैयाँ थियो ।

यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै घटेर ९० हजार ६५ रुपैयाँमा झरेको छ । यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा झरेको छ । बिहीबार यसको भाउ प्रतितोला ९ सय ५० रुपैयाँ थियो ।

नेपाली बजारमा सुनको भाउ दिनहुँ घटबढ हुँनुको कारण विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरसलाई लिइएको छ । यस भाइरसको कारण विश्व भरिका मानिसहरुले लगानीको सुरक्षित क्षेत्रको रुपमा सुनलाई रोजेका छन् । जसको कारण नेपाली बजारमा पनि सुनको भाउ दैनिक घटबढ् भैरहेको छ । नेपालमा सुन–चाँदीको मूल्य अन्तराष्ट्रिय बजारको मूल्य आधारमा निर्धारण हुन्छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ११:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।