Logo

अर्थ

कटारी नगरपालिकाको बजेट ८२ करोड ६५ लाख रुपैयाँ



उदयपुरको कटारी नगरपालिकाको पाँचौ नगर सभाले ८२ करोड ६५ लाखको बजेट पास गरेको छ । आगामी आर्थिक वर्ष २०७७र७८ को लागि नगरपालिकाले कृषी र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट पास गरेको हो ।

स्वास्थ्यमा कोरोना संक्रमणबाट बचाउन नगरपालिकाले करोड बढी रकम विनियोजन गरेको नगरपालिकाले जानकारि थगराएको छ । त्यसैगरी नगरमा यस वर्षको बजेटले कृषीलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ ।

त्यसैगरी वडालाई नगर सभाले प्रतिवडा ७५ लाखको बजेट विनियोजन गरेको छ । नगरले भोलि पत्रकार सम्मेलन गरी बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको पनि मेयर श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।