Logo

अर्थ

गरगहनाको परिक्षण तालिम समापन



त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आयोजना गरेको गरगहनाको परिक्षण तालिम समापन भएको छ । संस्थाले भंसार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि उक्त तालिम ल्याएको थियो । तालिम ५ दिनसम्मको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि, भंसार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताएका छन् । यो तालिम देशभरको सम्बन्धित कर्मचारीलाई गरादै जान पनि महासंघबाट सहयोग हुने उनले बताएका छन् । साथै अत्यन्त छोटो समयको बवजुट पनि यस किसिमको प्रशिक्षण तालिम कक्षाको व्यवस्था गरेकोमा दाहालले महासंघलाई धन्यवाद प्रदान गरेका छन्

सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरुको कमिका कारणले भंसार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताए । समापन कार्यक्रमा प्रशिक्षार्थीहरुद्वारा उक्त तालिमबाट सुनचाँदी गरगहना परिक्षण सम्बन्धि ठूलो ज्ञान पाएको बताइएको छ ।

समापन कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताएका छन् । नियामक निकायमा क्षेत्रगत विज्ञहरु भई दिएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास समेत उनले गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।