माउन्टेन इनर्जी नेपाल कम्पनीले नेपाल धितोपत्र वोर्डबाट आइपीओ बिक्रि खुला गर्नको लागि अनुमति पाएको छ । माउन्टेनले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ दरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारी आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि बराबर १९ लाख ६८ हजार २७ कित्ताका दर आइपीओ बिक्री गर्न लागिएको छ ।
कम्पनीले अब छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यता, क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा गोयल समूहको मुख्य लगानी रहेको छ ।





















प्रतिक्रिया