Logo

समाचार

कारबम विस्फोटमा परी आठको मृत्यु



अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताउनु भएको छ । सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् । एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।रासस 

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।