Logo

साहित्य

मेरा गजलहरु



फुलसगै फुल्ने रहरमा मेरा गजलहरु ।।
बगैचा बन्ने छन् घरघरमा मेरा गजलहरु।।

जलाउन च्यातुन जतासुकै फालिदिउन ।।
उम्रछन बिच बगर मा मेरा गजलहरु।

तिमी त मलाई बीस पिलाउन मात्र खोजेउ ,
अमृत बन्छन जहरमा मेरा गजल हरु।

दया र करुणाले भरिएका पुस्प हुन मेरा,
रसाउछन तिम्रो नजरमा मेरा गजलहरु।

तिमिले बन्देज गरेका मेरा सरा सपनाहरू ,
हुन्छ इतिहासको खबरमा मेरा गजलहरु।

दबाएर दबिन्न म छुरा प्राहार गरेर पनि हेर्नू ।
मर्दैन कहिलेही पथर मा मेरा गजलहरु ।

सागर हुन युबराजका गजल पढेर प्रतिकृया दिनु ,
बग्दछ्न ज्ञानको नहरमा मेरा गजलहरु ।

अब घन्किछन् शान्ति, बिरता र क्रान्तिका गाथाहरु,
हुन्छ साङगितिक लहरमा मेरा गजलहरु,

आफ्नै छुट्टै ससांरमा नौलो पहिचानमा पक्कै,
पुग्नेछ एक दिन सहर मा मेरा गजलहरु !!!

`जय गजल´

(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।