निरन्तर उकालो लागेको सुनको मुल्य आज ९ स रुपैयाँले घटेको छ । साताको पहिलो दिन आज सुन ९ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । आज प्रतितोला ९ सयले घट्दै १ लाख २ हजार ६ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ कायम गरिएको छ ।





















प्रतिक्रिया