विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।
१८ दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै आएका उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा। सिंहले बताए । उनको गए राति निधन भएको हो ।
यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।





















प्रतिक्रिया