Logo

बैंकिङ

माछापुच्छ्रे बैंकको नेपालमै पहिलो पटक वी च्याट वालेट भुक्तानी सेवा



माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले बैंकसंग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको । बैंकले फस्ट पे टेक्नोलोजीसंगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो ।

बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।