Logo

अर्थ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत र बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

माछापुच्छ्रे बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएपछि बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

बैंकका अनुसार केसीलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १७:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।