एक दिन
तिमी र म
त्यो साँझ
खोज्दै थियौं कुनै गन्तव्य
हामी दुवैको लागि सायद नौलो बाटो थियो
चन्द्रमाका ती सेता चम्किला किरणभित्र
हृदयका ढोकाहरु खोल्दै
प्रेमका पुष्प गुच्छाहरुले एकले अर्कोलाई
स्वागत गर्न खोजिरहन्थ्यौं
आनन्दित नौलो तरङ्ग लिएर
नौलो अनुभूतिसँगै
सुम्पिन चाहन्थ्यौं
त्यो चिसो हावाको बेगसँगै
मखमली पछ्यौरीमा बेर्न खोज्दै
दुई आत्मा एकै होस्भन्नका लागि
तिम्रा थुप्रै मौन प्रश्नहरु थिए
जसको मसँग कुनै उत्तर थिएन
जहाँ तनमन सबै थियो
साँच्चै केवल निःशब्द मन थियो
लाग्थ्यो घरीघरी त
त्यो क्षण साह्रै कम थियो ।
(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)





















प्रतिक्रिया