तिमी विना वितेको रातको के को अर्थ ।
हावा विना हल्लको पातको के को अर्थ ।
हो साच्चै तिमी भित्र हराउन पाउदिन भने ।
माया प्रेम भन्ने यो जातको के को अर्थ ।
तिम्रो आत्माले मेरो धड्कन सुन्दैन भने ।
सँगै हुँदा गरेको वातको के को अर्थ ।
जिन्दगीको सुनामीमा एक्लै हुनुपर्छ भने ।
वाचा गरि समाएको हातको के को अर्थ ।
आउ वस सक्छौ भने विपनीमा तिमी
सपनीमा गरेको घातको के को अर्थ ।
तिमी विना वितेको रातको के को अर्थ
(सुवेदी युवा लेखक तथा अनुसंधानकर्ता हुन्)





















प्रतिक्रिया