बुधबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलरको भाउमा १ रुपैयाँ १९ पैसाले घटेर एक डलरको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । गरेको छ । राष्ट्र बैंकले यसअघि मंगलबार एक डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा निर्धारण गरेको थियो । विश्वव्यापी रुपमा फलिएको कोरोन संक्रमणका कारण यसअघि लामो समयसम्म लगानीकर्ताको आकर्षण डलर सञ्चय गर्नमा रहेको थियो ।
तर विस्तारै कोरोना संक्रमण नियन्त्रण गर्न खोप विकास हुने सम्भावना देखिएकाले पनि डलरको भाउ तल झर्न थालेको विश्लेषण कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । डलर र नेपाली रुपैयाँको भाउ निर्धारणमा प्रत्यक्ष सम्बन्ध छैन । भारुसँग नेपालको स्थिर विनिमय दर भएकाले यसैका आधारमा डलरको भाउ पनि निर्धारण हुन्छ ।





















प्रतिक्रिया