Logo

अर्थ

सेयर बजारले ६ महिना पछि छोयो १५ सय अंक, २२ हाईड्रो पावरको सेयरमा सकरात्मक सर्किट



बुधबार सेयर बजारमा नयाँ रौनक देखिएको छ । आज नेप्से परिसूचमा १ दशमलव ७२ प्रतिशतको वृद्धि भएको छ । अर्थात नेप्से २५ दशमलव ५८ अंकले वृद्धि भएर १ हजार ५ सय १० दशमलव ५७ विन्दुमा पुगेको छ । सेयर बजारले ६ महिनापछि १५ अंकलाई छोएको हो। यसअघि मार्च ३ मा बजार १५०१ अंकमा थियो।

आज दिनभर कारोबारमा आएका १८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता सेयर बिक्रि हुँदा ४ अर्ब १८ करोड १० लाख ३६ हजार १ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज निर्जीवन बीमा र जीबन बिमा बाहेकका सबै समुहको सूचक हरियो छ । हाइड्रोपावरको समुह सूचक भने आज ९ दशमलव ३ प्रतिशतले बढेको छ ।
हाइड्रोपावरको समुहको सूचक बढ्दा शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीहरूमध्ये २२ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज बजार खुलेको सुरुको करिब साढे दुई घन्टामा नै २२ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो।

पछिल्लो समय सस्तो रहेको हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। सूचीकृत अन्य हाइड्रोपावरको शेयरमूल्य पनि उच्च दरले बढेको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १५:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।