Logo

अर्थ

नेपाल एयरलाइन्सले सार्वजनीक गर्यो नयाँ भाडा दर, कुन देशको कति ?



भदौ १७ गतेदेखि सीमित मात्रामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गरेको छ ।
एयरलाइन्सले विभिन्न देशका गन्तव्यका लागि नयाँ भाडादर सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै हवाई भाडा निकै महंगो भएको थियो ।

अब नेपाल एयरलाइन्सले तोकेकै भाडादर अनुसार उक्त गन्तव्यबाट उडान गर्ने विदेशी एयरलाइन्सले पनि सोही भाडा अनुसार टिकट बिक्री गर्नुपर्नेछ ।

यसअघि सरकारले बुधबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत् विदेशी एयरलाइन्स कम्पनीहरुलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले तोकेको भाडादरभन्दा बढी भाडा नलिन निर्देशन दिइसकेको छ ।

बुधबार पर्यटन मन्त्रालयमा बसेको बैठकले बजेट एयरलाइन्सको हकमा भने नेपाल एयरलाइन्सले तोकेको भाडादरभन्दा केही कम गर्नुपर्नेछ । त्यसका साथै चार्टर्ड फ्लाइटको हकमा भने यसअघि निर्धारण गरिएको भाडामै उडान गर्नुपर्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ११:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।