Logo

अर्थ

मेरो सेयरको ‘माई पोर्टफोलियो’ केही दिनको लागि बन्द, यस्तो छ कारण



मेरो सेयरको ‘माई पोर्टफालियो’ हेर्ने सुविधा केही समयको लागि बन्द भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्राविधिक समस्याका कारण मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा बन्द गरिएको हो । मेरो सेयरको माई पोर्टफोलियोमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ मूल्य प्राप्त हुन नसकेका कारण यो सुविधा हालका लागि बन्द गरिएको सीडीएसले जनाएको छ ।

मेरो सेयरबाट पोर्टफोलियो हेर्न नमिले पनि आइपीओ तथा हकप्रद सेयरमा आवेदन भने दिन मिल्नेछ । लगानीकर्ताले आफूसँग भएको सेयर पनि हेर्न सकिने सीडीएसले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।