मुक्तककार गंगा आचार्यको पहिलो कृति आस्थाको आँचल मुक्तक संङ्ग्रह लोकार्पण भएको छ ।
ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्य प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यतामा लोकार्पण भएको हो ।
त्यस्तै विमोचित कृतिमाथि समालोचक डा.विदुर चालिसेले समीक्षा गर्दै कृतिको नामाकरण प्रकृति, परिवेश, समाजप्रतिको आस्थाको रूपमा भएको बताए । उनले चतुष्पदीय मुक्तक शैली अपनाएको, नौ अक्षरदेखि अठार अक्षरसम्मको हरफको प्रयोग भएको, अक्षरगत असमानता भए पनि आन्तरिक लय संयोजन भएको, मुक्तकमा ललित व्यङ्य रहेको, प्रेम, प्रणय, संस्कृति, राष्ट्रिय चेतना, वैदेशिक हस्तक्षेप, वैदेशिक रोजगारका विविध विषयलाई समेटिएकोले कृति कालजयी रहेको बताउँदै यहाँ कृतिले आफूलाई नै व्यक्त गरेको भान हुने विचार व्यक्त गरे ।
उक्त विमोचन समारोहमा बोल्दै कृतिकारले आफूलाई कृति प्रकाशन गर्न हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै जीवन साथी हरिनारायण उपाध्यायकै पूर्ण सहयोग र समर्थनका कारण कृति सार्वजनिक हुन सकेको बताइन् । कार्यक्रममा जयबहादुर चन्द, डा। शेषराज आचार्य, सागर श्रेष्ठ, प्रा। विधान आचार्य, गुप्तबहादुर श्रेष्ठ, राजबाबु श्रेष्ठ ुसागरु भगवती अर्याल, रश्मी रिमाल, मुकुन्द न्यौपाने, जसध्वज गुरुङ, शैलेन्द्रकुमार शाह, उपा शंकर, सुशिला शंकर, मालिका केशरी, प्रकाश बस्नेत गफाडी, वासुदेव गुरागाईँ, हरिप्रसाद पाण्डेय, मेनका पोखरेल, पवित्रा अधिकारी, सविता श्रेष्ठ, रुद्र अधिकारी, निर्मल पराजुली, लुमात्ति चित्रकार, मन्दिरा मधुश्री, सीता बिस्ट, तारा के।सी।, द्वारिका कुइँकेल, गोविन्द नेपाल, तारा लम्साल, दिनेशविक्रम थापा, सानु शर्मा, मिशन अधिकारी, लक्ष्मण डंगोल, दीपेन्द्र थापा, रामकुमार पण्डित, तोयानाथ फुँयाल, धरणीधर गुरागाईँ, गंगा आचार्यलगायतको उपस्थिति रहेको थियो ।
उपस्थित सबै सर्जकले विमोचित कृतिभित्रबाट मुक्तक वाचन गरेका थिए ।





















प्रतिक्रिया