Logo

कर्पोरेट फोकस

४१ अंकले बढेर २२३५ बिन्दुमा नेप्से



सेयर बजार सूचक नेप्से परिसूचक २२३५ बिन्दूको ऐतिहासिक उचाइमा पुगेको छ । ४१ दशमलव अंकले बढेर नेप्सेले कीर्तिमानी उचाइ कायम गरेको हो ।

आइतवार वजार खुल्ने समय देखि नै  २२ सय नाँघेको सेयर बजार निरन्तर उकालो लागेको थियो । करिब १ बजे नेप्से २२८८ बिन्दुमा समेत पुगेको थियो । 

आइतबार  बैंकिङ समूहको परिसूचक झन्डै ६० अंकले बढ्यो । विकास बैंक समूहको परिसूचक पनि करिब ४ प्रतिशतले बढेको छ । जीवन बीमा समूहबाहेक सबै समूहका परिसूचकमा हरियाली थियो ।

एकैदिन ६ वटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी १० प्रतिशतले प्रभु लाइफ इन्स्योरेन्सको सेयर बढेको छ । १९ अंकले बढेको प्रभु लाइफ प्रति कित्ता २०९ रुपैयाँमा कारोबार भइरहेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर ६३ अंकले बढेको छ । आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । डेढ करोड कित्ता बराबरको सेयर कारोबार ५७ हजार १७१ पटक भएको छ ।

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार १५:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।