Logo

अचम्म

झापाको एउटै घरमा २७ वटा सर्प



झापाको गौरादहमा एक घरमा २७ वटा सर्प फेला परेका छन् । गौरादह नगरपालिका वडा नं। ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको हो ।

धेरैजसो सर्पका बच्चा रहेका थिए । गोमन सर्प विषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आशङ्कामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि परिवारको होसहवास नै उडेको थियो । शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका थिए ।

उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मारेर गाडिएको छ । सर्पको डरले रातभर निन्द्रा नलागेको परिवारले जनाएको छ । त्यो भन्दा अगाडि अर्को विषालु करेत सर्प पनि घरमा भेटिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार ०६:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।