सरकारले राजा राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका २ हजाई जहाज नारायणहिटी दरबार संग्रहालयमा राख्ने तयारी गरेको छ । राजपरिवारले प्रयोग गर्ने एक हवाईजहाज र एक हेलिकोप्टर संग्रहालयमा राखिने भएको हो । यो समाचार आजको समाचारपत्र दैनिकमा छापिएको छ ।
समाचारपत्रका अनुसार हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका छन् । संग्रहालयमा राख्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।
यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए ।





















प्रतिक्रिया