Logo

खेलकुद

महिला भलिबल खेलाडी देशकै शिर उच्च बनाउँदै



नेपाली महिला भलिबल खेलाडीहरुले देशको शिर उच्च बनाउँदै लगेका छन् । सबै खेलहरुमा नेपाल कमजोर देखिदै आएको बेलामा नेपाली महिलाले यो पुष्टि गरिसकेका छन् । हाल नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश गरिसकेका छन् । यो समाचार आजको गोरखापत्रमा छापिएको छ।

योरखापत्रका अनुसार महिला भलिबल टिमको सफलताको उत्सवले उक्त टिमका सदस्य र प्रशिक्षकमा मात्र नभई सिंगो देश नै रमाएको छ । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो ।

पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् । शनिबार दशरथ रङ्गशालाको स्टेडियममा भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलङ्काको महिला टोली पनि साथै उत्रियो ।

आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो । जब खेल सुरु भयो, तब नेपाल श्रीलङ्कामाथि हावी हुँदै गयो । रातको ७ः०० बजे सुरु भएको खेलको दुवै सेटमा नेपालले सहज जित हात पा¥यो ।

बढ्दो मौसमी चिसोले खेलको तातो माहोलमा कुनै असर परेन । दर्शकको हुटिङ नेपाली टोलीलाई थप ऊर्जा भर्दै थियो । जितको अनिवार्य चाप महिला भलिबल टोलीको मस्तिष्कमा झन् बलियो बन्दै थियो । यही उतारचढावसँगै तेस्रो सेटको प्वाइन्ट गिन्ती सुरु भयो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०१:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।