Logo

पत्रपत्रिका

दुई तिहाईको दम्भले धरानमा चुनाव हारेकाे नेकपाको निश्कर्ष, यस्ता छन् चार कारण



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चार कारणले धरान उपमहानगरपालिमा चुनाव हार्नुपरेको निश्कर्ष निकालेको छ । जसमा नेकपाले स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ नै प्रमुख भएको उल्लेख गरिएको छ । त्यसैगरी सनभावना अनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा भईरहेको ढिलाइ मुख्य कारक रहेको आकलन गरिएको छ । शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथ पनि चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन् । यो सामाचार किल दल्यो लाल किल्ला शिर्षकमा आजको अन्नपुर्ण पोस्टमा छापिएको छ ।

यस्ता छन् चार कारण
१) तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिको गलत कार्यशैली र करमा भारी वृद्धिप्रति धरानवासी असन्तुष्ट थिए । पार्टी नेतृत्वले पटक–पटक कर समायोजन गर्न निर्देशन दिए पनि उपमेयर मञ्जु भण्डारीले अस्वीकार गरिन् । तीन पांग्रे टेम्पोको कर हजारबाट बढाएर ३ हजार रुपैयाँ पुर्याइयो । घरजग्गा, व्यापार, व्यवसायलगातय क्षेत्रमा पनि कर बढाइयो । यहाँका ४ हजार टेम्पो चालक नेकपासमर्थक थिए । कर बढाएका कारण यसपटक कांग्रेस उम्मेदवारलाई मत हाल्नुपरेको टेम्पो चालकको भनाइ छ ।

२) पार्टी एकीकरणमा ढिलाईकले कार्यकर्ता जिम्मेवारीविहीन हुन पनि नेकपालाई उपनिर्वाचनमा भारी बन्यो ।

३) नेकपा उम्मेदवारविरुद्ध अन्य दल सक्रिय रहे । समाजवादी, राप्रपा, खम्बुवानलगायले कांग्रेस उम्मेदवारलाई समर्थन गरे ।

४) नेकपाले हार्नुको अर्को कारण अन्तघात हो । उम्मेदवार छनोटमा देखिएको असन्तुष्टि सम्बोधन गर्न नसक्नु र नेपाल पक्षधरले फेसबुकमा ओली पक्षलाई गाली गर्नुले कार्यकर्ता विचलित देखिएका थिए । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०१:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।