Logo

पत्रपत्रिका

स्थानिय तहमा पक्की सडक



सबै प्रदेश सरकारहरुले प्रदेश राजधानीदेखि आफु निकटका सबै स्थानीय तहलाई पक्की सडक सञ्जालले जोड्ने भएका छन् । हाल सम्म सडक सञ्जालमा जोडिन बाँकी रहेका करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहलाई समेत पक्की बनाईने समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

समाचार अनुसार सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माणका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको पत्रिकामा लेखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि निर्माण गरी रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुने गरी काम अगाडि बढाइने जनाएको समाचारमा लेखिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०१:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।