Logo

पत्रपत्रिका

नेकपा नेताकै अर्को काण्ड, बालुवाटारको करोडौं पर्ने जग्गामा कब्जा



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताले बालुवाटारको करोडौं पर्ने जग्गामा कब्जा जमाएको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लास्थित गृहनगर दमक नगरपालिका ८ को बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारूढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका हुन्।

नेकपा नेता गगन पुरी सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेता पुरीले मालपोत र नापीका कर्मचारीसँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको समाचार आजको कारोबार दैनिकमा छापिएको छ।
पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाको एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउने प्रयास खोजेको जिल्ला प्रहरी कार्यालय ९झापा०का प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएस्। जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ।

साविकको कित्ता नम्बर ३० को जमिन ३ कित्तामा फेरिएको छ। अहिलेको कित्ता नम्बर ७४ को जमिन पौडेलको नाममा देखिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पौडेललाई प्रहरीले मंसिर १६ गते नै पक्राउ गरिसकेको छ। २ कठ्ठा जग्गा दिने सर्तमा पुरी सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।