निर्वाचन आयोगले राष्ट्रिय सभामा दुई वर्षे पदवधि पाएका १९ जना सदस्यहरुको स्थानमा माघ ७ देखि ११ भित्र निर्वाचन गरिसक्ने तयारी गरेको छ । निर्वाचन आयोगले १९ सदस्यमध्ये १८ जनाको स्थानमा निर्वाचन आयोगले निर्वाचनको तयारी अघि बढाएको हो । यो सामाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
समाचारमा समयावधि सकिन करिब तीन महिना बाँकी रहँदा राष्ट्रिय सभामा रिक्त हुने भएकाले विभिन्न क्लस्टरका सदस्यको निर्वाचनका लागि तयारी अघि बढाएको स्पष्ट पारिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन एने–२०७५ मा कार्यकाल सकिनुभन्दा कम्तीमा ३५ दिनअघि चुनाव गर्नुपर्ने प्रावधान छ । कुल ५९ सदस्य रहेको राष्ट्रियसभामा विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गरेका एक तिहाइ अर्थात् १८ र राष्ट्रपति मनोनित एक जना गरी १९ सदस्यको समायावधि आगामी २० फागुनमा सकिँदै छ ।
आयोगले ४ असार २०७५ मा राष्ट्रिय सभाका ५९ सदस्यको कार्यकाल गोलाप्रथाद्वारा टुंगो लगाएकोमा १९ जनाले २ वर्ष २० जनाले ४ वर्ष र बाँकी २० जनाले ६ वर्ष समयावधि पाएका थिए ।





















प्रतिक्रिया