नेपाली बजारको लागि भारतबाट प्याज हुँदै आएकोमा भारतले रोक लगाएछि हाहाकार जस्तै भएको बेला अब प्याज चीनबाट आयात हुन थालेको छ ।
त्यसनिम्ति उत्तरको मुख्य सिन्धुपाल्चोकको तातोपानी नाकाबाट दैनिक रुपमा झण्डै सय टन अर्थात एक लाख केजीका दरले चिनियाँ प्याज आयात भइरहेको छ । यसले प्याजमा पनि नेपाल परनिर्भरता रहेकाे र यसलाई राेक्न सरकार असफलसिद्ध भएकाे थप पुष्टि भएकाे छ ।
त्यससँगै बजारमा चाइनिज प्याज देखिन थालेको छ । खुद्रा मूल्य २ सय ४० रुपैयाँसम्म पुगेको प्याजको भाउ अहिले १ सय ८० मा झरेको छ ।
जेठ १५ गतेबाट तातोपानी नाका सञ्चालनमा आएयता सातामा दुई–चार कन्टेनर मात्र प्याज आयात हुने गरेको थियो । तर असारदेखि नै भारतले नेपाली बजारको लागि प्याज दिन बन्द गरेपछि नेपाली उत्पादन नगन्य मात्रामा रहनुले प्याजको भाऊ आकाशिएको थियो ।
भारतले प्याज बिक्री गर्न रोकेपछि बंगलादेशमा पनि प्याज अभाव भएर भाऊ आकाशिएकोा थियो । सोही बेला बंगलादेशकी प्रधानमन्त्री शेख हाजिना वाजेदले आफूले भान्सामा प्याजको प्रयोग नगर्ने र नागरिकलाई मितव्ययिता अपनाउन अपिल गरेकी थिइन् ।
पछिल्लो चरण बंगलादेशले म्यान्मारबाट प्याज आयात गरेर टारिरहेको त्यहाँका समाचार एजेन्सीहरुले जनाएका छन् ।





















प्रतिक्रिया