Logo

पत्रपत्रिका

चर्चामै चिसियो विषेश दुत



प्रधमानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ मा माधव नेपललाई बालुवाटार बोलाएर ती प्रस्ताव गरे । १) बढ्दो तिक्तता हटाउने र हार्दिकता बढाउने २) पार्टी कार्यालय पुननिर्माणको जिम्मा दिने र ३) कालापनी सीमा विवाद समाधान गर्न विषेश दुतका रुपमा भारत पठाउने ।
झन्डै तीन महिनाको संवादहीनता तोड्न ओलीले तारन्तार निम्तो पठाएपछि नेपाल ११ बजेतिर बालुवाटार पुगेका थिए । चार घण्टा लामो लन्चसहितको छलफलमा ओलीको पहिलो र दोस्रो प्रस्तावलाई नेपालले सहज लिए । तेस्रो प्रस्तावमा उनी अचम्मित भए ।

उनको मनमा अनेक प्रश्न खेलन थाले कतै प्रधानमन्त्रीले आफुलाई थप अठ्यारोमा पारेरखेलाउन चाहेका त छैनन् । उनले पहिलो र दोस्रो प्रस्तावबारे जवाफ दिएनन् । यत्ति भने म यस विषयमा सोच्छु । भदौ ५ को सचिवालय बैठकमा चर्काचर्की गरेका ओली नेपालबीच त्यसपछि खासै संवाद थिएन् । यसपछि नेपाल सीमा विवादको विषयमा भारत जाने प्रस्तावमा गम्भिर बने ।

उनी निकटका नेताहरुले पनि वार्तका लागि जानु पर्नेमा जोड दिए । भोली पल्ट कात्तिक २७ गते साँझ प्रधानमन्त्री निवास पुगेर नेपालले प्रस्ताव स्किार गरे । तर, यसरी हौसलापुर्ण ढंगले जान लागेका विषेश दुत एकाएक सेलाए । याे समाचार आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा छपिएकाे छ

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०१:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।