बैंकहरुले ग्राहक बढाउने ट्रिक स्वरुप गर्दै आएको निशुल्क विमाको विज्ञापन अब गर्न नपाउने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपकर्ताहरुलाई खाता खोल्न आकर्षण गर्न निशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रुपमा प्रस्तुत भएको हुन् ।
पत्रपत्रिकामा छापिएको समाचार अनुसार निक्षेपकर्ताहरुलाई नयाँ खातासंगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन् । तर निक्षेपकर्ताले दाबी नपाएके गुनासो गरेपछि समितिले निर्देशन नै जारी गरेको हो ।
बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६ जारी गर्दै बिमा समितिले बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना निक्षेपकर्ताहरुको बिमा गर्दा सम्पूर्ण व्यत्तिगत विवरण बिमा कम्पनीहरुलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।





















प्रतिक्रिया