सोमबार काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले एक वर्षपछि बसेको नेकपा स्थायी कमिटी बैठक चर्चा गरेका छन् । आजको अन्नपुर्ण पोस्टले नेकपामा आत्मलोचना शिर्षकमा समाचार छापेको छ । एक वर्ष सम्म पार्टी स्थायी कमिटी बैठक बस्न नसक्नु बिडम्बना भएको बताइएको छ। समाचारमा बैठक बस्ने नसकेकोमा अध्यषद्वयले लेखेरै आत्मलोचना गरेको बताइएको छ ।
यसैगरी पार्टीको एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरु झाँगिदै जाँदा सरकारको काम प्रभावकारी हुन नसकेको अध्यक्षद्वयले निष्कर्ष निकालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
समाचार अनुसार एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार शुरु भएको स्थायी समिति बैठकमा दुवै अध्यक्षका तर्फबाट दाहालले पेस गरेको प्रतिवेदनमा पार्टी अन्योलग्रस्त रहेको समेत बताइएको छ । ‘पार्टी संस्थागत छैन । विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारीता लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समिक्षा, आत्मलोचना र जिम्मेवारी लिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।





















प्रतिक्रिया