Logo

पत्रपत्रिका

नेकपामा कसले बनायो गुट ?



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनितीक प्रतिवेदनमा नेकपामा गुट मौलाउँदै गएको खुलेपछि नेकपामा यसको खोजी सुरु भएको । पार्टीमा गुटहरु बनाईयो, भने कसले बनायो गुट ?

यो सामाचार आजको कान्तिपुर दैनिकले ‘कसले बनायो गुट’ शीर्षकमा सम्प्रेषण गरेको छ । प्रतिवेदनमा पार्टी संस्थागत नभएको र गुटहरु झाँगिदै गएको निष्कर्ष निकालिएपछि अहिले यसको चर्चा सुरु भएको छ ।

समाचारमा ११ पृष्ठ लामो प्रतिवेदनले नेकपामा गुट झाँगिनुको कारण नखोलेपनि गुटबन्दीका नेतृत्वकर्ताबारे भने मौनता साधेको उल्लेख छ । समाचारमा गरिएको विश्लेषण अनुसार गुटबनदीको कारण र त्यसको नेतृत्वबारे बोल्यो भने औंला नौ सदस्यीय सचिवालयतर्फ नै सोझिने देखिन्छ ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।