नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमती कायमै राखेका छन् ।
जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमती कायमै रहेको प्रस्ट पारेका हुन् ।
उनले आफुलाई नेतृत्वले किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
कम्युनिष्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटि प्रणालीका आधारमा जल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाई छ ।
गत भदौं ३ मा सचिवालयले गरेका निर्णयमा उनले ७ बुँदे फरक मत राखेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।





















प्रतिक्रिया