Logo

पत्रपत्रिका

आलमलाई राजनीतिक पूर्वाग्रहमा फसाउन खोजियोः कांग्रेस



प्रमुख प्रतिपक्षी कांग्रेले मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको आरोप लगाएको छ ।

आफैँले बनाउन लगाएको बम विस्फोटमा घाईते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका आलम कांग्रेसका तर्फबाट रौतहट–२ मा निर्वाचित सांसद हुन् ।

सिंहदरबारमा बिहिवार बसेको कांग्रेस संसदीय दलको बैठकले झुटा प्रमाणहरु संकलन गरेर आलमलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै आपत्ति जनाएको हो ।

‘राजनीतिक पूर्वाग्रह रोखेर नेता, कार्यकर्ता व्यापरी एंव सर्वसाधरणमाथी झुटा मुद्दा लगाउँने कार्य तत्काल बन्द गरियोस,’ दलको बैठपछि सचेतक पुष्पा भुसालले जारी विज्ञप्ती जारी गरेकी छिन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०१:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।