Logo

पत्रपत्रिका

लोकसेवा आयोगको नतिजा नै किनबेच !



लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका हुन् ।

‘लोकसेवा जाँच दिने पेसेवर नै छन् जो पटक-पटक नाम निकाल्छन, तर जागिर खाँदैनन्,’ सचिव गुरागाईंले भने, ‘कारण के रहेछ भनेर खोज्दै जाँदा त वैकल्पिकसँग रकम लिने रहेछन् ।

पास भएको व्यक्तिले नियुक्ति नलिएपछि वैकल्पिक जागिर खान पाउने भयो । यस्तो सेटिङ हुँदोरहेछ ।’

लोकसेवामा आठ पटकसम्म नाम निकालेर नियुक्ति नलिएको केस पनि भेटिएको उनले बताए ।

सचिव मैनालले लोकसेवा नतिजाको किनबेचको थप उदाहरण पेस गरे । ‘धादिङमा एउटा केटोले सुब्बामा नाम निकाल्यो, तर नियुक्ति लिएन ।

पछि काठमाडौँ आएर खरिदारमा जागिर खायो,’ उनले भने, ‘किन रहेछ भनेको त सुब्बाको पद वैकलिप्कमा नाम निकाल्नेसँग पैसामा साटेको रहेछ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०२:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।