Logo

साहित्य

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले पहिचान नपाएको गुनासो



मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् ।

विश्वास नेपालले गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिंसामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशामा संलग्नको आत्मसम्मान आवश्यक रहेको औंल्याएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
उनले यौनसम्बन्धी कुरालाई कानूनी मान्यता नदिएको बताए ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रदीप डङ्गोलले हरेक व्यक्तिले अब आफूले गरेको कामले समाजमा कस्तो परिवर्तन आएको छ भन्ने कुरा बुझ्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालले समृद्ध नेपाल निर्माणका लागि पेशा र आयआर्जन क्षेत्रलाई उचित सम्मान हुनुपर्ने बताईन् ।

स्वतन्त्र सामाजिक परीक्षण बालमुकुन्द आचार्यले विभिन्न क्षेत्रमा काम गर्ने पेशागत श्रमिकको सम्मान हुनुपर्ने धारणा राखे ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले महिला श्रमिकमाथि हुने शोषण अन्त्यका लागि सम्बद्ध पक्षहरुसँग सहकार्य गर्दै मर्यादितरुपमा काम गर्ने वातावरण निर्माण बनाउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ५ पुष २०७६, शनिबार ०४:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।