राहदानी विभागले दुतावासबाट जारी राहदानी पुन प्रमाणीकरण गर्ने भएको छ । राहदानी बनाउन दुतावासबाट आवेदन दिइएका आधाभुत कागजात (नागरिकता, विवाह दर्र्ता) नक्कली भेटिन थालेपछि विभागले पुन: प्रमाणीकरणको तयारी गरेको हो ।
पश्चिम एसियाली मुलुक र यरोप–अमेरिकामा रहेका नेपालीले आधारभुत कागजपत्रै नक्कली बनाएर सक्कली राहदानी (एमआरपी) लगेको उजुरीपछि विधागले कडाई गर्न थालेको हो ।
कुटनीतिक–स्थानीय कर्मचारीको मिलेमतोमा यस्ता कार्य हुने गरेको विश्लेषण विभागको छ । विभागमा ३० दुतावास, राष्ट्रसंघका लागि दुई स्थायी नियोग (जेनेभा भियना) र ६ महावाणिज्य दुतावासबाट दैनिक ५ सय भन्दा बढि राहदानी आवेदन आउने गरेका छन् ।
आजको अन्नपर्ण पोष्ट दैनिकमा खबर छ ।





















प्रतिक्रिया