सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिकाका जनप्रतिनिधिको आपसी विवादले गाउँपलिकाको कागजात प्रभावित बनेको छ । विकास निर्माणको काम रोकिएका छन् भने स्वास्थ्यचौकीमा गर्भवती महिलाले खाने आइरन चक्कीसमेत अभाव हुन थालेको छ ।
गाउँपलिकाको वडा नं २ स्थित स्वास्थ्यचौकीमा औषधि छैन । औषधि नहँदा उपचारका लागि गएका बिरामी त्यसै फर्कन बाध्य छन् ।
‘गाउँपलिकाले औषधि नदिएको चार महिना भयो, ‘स्वास्थ्य सहायक असोककुमार साहले भने, स्वास्थ्यचौकीमा गर्भवती महिलालाई दिने आइरन चक्कीसमेत छैनन् ।’
आइरन चक्की लिन आउने महिलालाई छिमेकी स्थानीय तहको स्वास्थ्यचौकीमा पठाउने गरेको अनमी मनीषा चौधरीले बताइन् । ‘स्वास्थ्यचौकीमा आइरन चक्की, डिपो सुई, पिल्स चक्की केही पनि छैनन्, ’ उनले भनिन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





















प्रतिक्रिया