कामना सेवाविकास बैंक लिमिटेडले यो सातामा विभन्न स्थानमा ६ ओटा नयाँ साँखा सञ्चालनमा ल्याएको छ ।
प्रदेश नं.३ अन्तर्गत काठमाडौंको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देहीको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमागरी मा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले व्यवसाय विस्तारको क्रममा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय १४ वटा शाखातथा ६० वटा एटिएम ार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
















प्रतिक्रिया