माछापुच्छ«े बैंकले अंग्रेजी नयाँबर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा पाँच सय रुपैयाँ सम्मको क्यास व्याक अफर ल्याएको छ ।
बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५ सय क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो ।
योेजनाअनुसार ग्राहकले माछापुच्छ«े बैंकको कार्ड प्रयोग गरि पिओएस (POS Machine) मेसिनमा कम्तीमा ५ सय बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५ सय फिर्ता पाउनेछन् ।
त्यस्तै विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसलल गायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामानखरिद गर्दा कम्तीमा ५ सय बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५ सय क्यास व्याक सुविधा प्राप्त गर्न सकिने जनाएको छ ।
माछापुच्छ«े बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको जनाएको छ ।
















प्रतिक्रिया