कांग्रेस संस्थापन पक्ष र असन्तुष्ट पक्षको समानान्तर बैठक जारी रहे पनि विवादित पवषयमा सहमति जुट्ने संकेत देखा परेको छैन् ।
पार्टी मुख्यालय सानेपामा बिहीबार सभापती शेरबहादुर देउवासहित संस्थापन पक्षका बैठक चलिरहेका बेला असन्तुष्ट समुहको बैठक महामन्त्री डाक्टर सशांक कोइराला निवास महाराजगञ्जमा बसेको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिको कार्यकाल थप, महाधिवेशन तालिका सार्वजनिक विभाग गठन लगाएतका विषयमा एकलौटी निर्णय भएको भन्दै बैठक बहिष्कार गर्दै आएको छ । यी निर्णय सच्याउनुपर्ने माग असन्तुष्ट पक्षको छ । तर, संस्थापन पक्ष भने निर्णय सच्याउने पक्षमा देखिँदैन । अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया