समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दले वैदिक सनातन धर्मको विश्वव्यापी प्रचारका लागि पुर्याएको योगदानको चर्चा गर्दै १५९औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । यसै अवसरमा बिहीबार विवेकानन्दका गुरु रामकृष्णको स्मरणमा स्थापना भएको संस्था रामकृष्ण आश्रम नेपालले प्रवचन, पूजा आराधना, हवन, विशेष भोग, आरती, भजनकीर्तन एवं प्रसाद वितरण गरी स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती मनाएको छ ।
‘आत्मनो मोक्षार्थं जगद्घिताय च’ अर्थात् आत्ममुक्ति र जगत्को हितका लागि भन्ने मूल नाराका साथ विसं २०६८ असोज १२ गते रामकृष्ण आश्रम नेपाल स्थापना भएको हो । भारतमा रामकृष्णका प्रमुख शिष्य विवेकानन्दको सक्रियतामा सन् १८९७ मा रामकृष्ण मिसनको स्थापना भएको थियो । आश्रम रामकृष्ण मिसनको पश्चिम बङ्गालस्थित बेलुर मठसितसमेत आबद्ध रहेको जनाइएको छ ।















प्रतिक्रिया