मेगा बैंकको अवस्था दिनप्रतिदिन समस्यामा देखिएको छ । बैंकको पछिल्लो वित्तीय विवरणले समेत बैंकको अवस्था राम्रो छैन भन्ने पुष्टि गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास अर्थात ६ महिनाको वित्तीय विवरण अनुसार बैंकको लगानीमा रहेको ठूलो रकम उठ्न सकेको छैन ।
बैंकको निस्कृय कर्जा बढ्दै गएको ६ महिनाको रिपोर्टले देखाएको छ । बैंक आफैले सार्वजनिक गरेको रिपोर्ट अनुसार निस्कृय कर्जा सुधार हुनु पर्नेमा उल्टै बढेको छ । बैंकहरुका लागि निस्कृय कर्जा बढ्नु राम्रो होइन । कुनै व्यक्ति वा फर्मले ऋण लिएर तिरेनन् भने अर्थात बैंकको ऋण डुब्ने देखिएको भने त्यो कर्जा खराब कर्जामा गणना हुन्छ ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा १.४९ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको ६ महिनामा बढेर १.७१ प्रतिशत पुगेको छ । अन्य केहि सुचकहरु सुधारिएका जस्तो देखिए पनि त्यति राम्रो अवस्थामा भने छैनन् ।
बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १५.८० गुणा रहेको छ बैंकले यस अवधिमा १ खर्ब २८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको वितरण योग्य मुनाफा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ ।
मेगा बैंकको आडमा भूमाफियाको दादागिरी, वडा कार्यालय समेत बिक्यो
मेगा बैंकको मनपरी– सीईओको सेटिङले बैंक डुब्ने खतरा
मेगा बैंककाे हालत खराब, अर्बौ ऋण जोखिममा
मेगा बैंकमा काण्डै काण्ड, लगातार समाचार बाहिरिएपछि बैंकको डिटेल नबाँडौं भन्दै रुवाबासी
जनताको पैसा डुबाउँने मेगा बैंकको यस्तो कर्तुत : कालोसूचीमा नाम, जति चाहियो त्यति लान पाईंने दाम
मेगा बैंकको अर्को काण्ड बाहिरियो, १२ दिनमा दुई पटक ऋण दिएर ३५ दिनको दौडधुप
बिचौलियाको कब्जामा मेगा बैंक, हिरासतमा रहेका ग्राहकको हस्ताक्षरमा करोडौं साफ





















प्रतिक्रिया