आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।
एसियाली व्यवस्थान संघहरूको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा ढकाललाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका हुन् ।
राष्ट्रिय उद्यमशीलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्याएका सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्छ ।
सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो । सम्मानपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिए ।





















प्रतिक्रिया