नेपाल राष्ट्रबैंक बाट ‘क’ बर्गको नविल बैंकले ॠणीबाट रकम असुल गर्दा गैरकानुनी अभ्यास गर्दै आएको खुलासा भएको हो । नविलले ऋणीबाट असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकको नियम र मापदण्ड समेत उल्लंघन गर्दै आएको पाइएको हो ।
नविल बैंकबाट पीडित भएका ऋणीहरूका अनुसार राष्ट्रबैंकको निर्देशिकाविपरीत नविल बैंकले खाताबाट रकम काट्ने गरेको कुरा सार्वजनिक भएको छ ।
बैंकले आफूले लिएको ॠण विभिन्न कारणले निर्धारित समयमा तिर्न नसकेका ॠणीको कोर बैंकिङ सफ्टवेयर बाट बैंक खाता विवरण हासिल गरि रकम घटाउने गरेको सार्वजनिक भएको हो । अफलाइन खाता विवरण हासिल गरेपछि ॠण असुली गर्ने मापदण्डविपरीत बैंकका कर्मचारीहरूले सम्बन्धित व्यक्तिको रकम खाताबाट काट्ने गरेका छन् ।
राष्ट्रबैंक नियमावलीले बैंकलाई पहिले ब्याजमा लागेका जरिवाना, ब्याज र त्यसपछि मात्र साँवा घटाउन मिल्छ । तर नविलले यसविपरीत काम गरिरहेको छ । ॠणीहरूले गरेको दावी अनुसार बैंकले सबैभन्दा पहिले साँवा त्यसपछि ब्याज र अनिमात्र ब्याजमा लाग्ने जरीवाना काट्ने गरेको सार्वजनिक भएको छ ।
यसको सम्बन्धमा राष्ट्रबैंकले अनुसन्धान गर्ने जनाएको छ । तर नविल बैंकले भने ॠण असुलीका लागि कुनै अवाञ्छित अभ्यास नगरेको दावी गरेको छ ।





















प्रतिक्रिया