Logo

अचम्म

कोरोना प्रभाव: विश्वभर कन्डम अभाव



विश्वभर कन्डमको अभाव भएको छ । कोरोना भाइरसको महामारीले उत्पादन घट्दा माग ह्वात्तै बढेकाले अभाव बढेको हो ।

ब्लुमवर्गका अनुसार विश्वको कुल मागमध्ये २० प्रतिशत कन्डम उत्पादन गर्ने मलेशियाको करेक्स बिएजडीले ५० प्रतिशत उत्पादन घट्दा अभाव बढेको भनेको छ । उक्त कम्पनिसँग अझै दुई महिनाको स्टक रहेपनि कम्पनिले उत्पादन शुक्रबारबाट मात्र शुरु गरेको छ ।

कन्डम धेरैजसो चीन र भारतमा बन्छ । चीनमा लामो समय उत्पादनमा अवरोध भएको छ । भारतमा लकडाउनले उत्पादन रोकिएको अवस्था छ । कन्डमको अभाव हुनाले बजारमा माग ह्वात्तै बढेको छ । प्रयोगकर्ताहरुले स्टक राख्न थालेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार २१:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।