Logo

पत्रपत्रिका

निकटबाटै चिढिए ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद ठेक्का विषयलाई लिएर आफू नजिकका नेताहरूसँग चिढिएका छन् । विपद्का बेला सरकारले गरेका काम केही निकट मन्त्री र आफ्नो सचिवालयका सदस्यलाई जोडेर विवादमा आएपछि ओली रिसाएका हुन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकमा ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग चीनबाट स्वास्थ्य सामग्री खरिद प्रक्रिया किन विवादित भयो भनेर चासो राखेका थिए। ओलीले बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री ढकाललाई ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग करिब एक अर्ब २५ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिदसम्बन्धी ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएका थिए । ‘विपद्का बेला सस्तो महँगो जे होला तर सामान त राम्रो ल्याउनुपर्छ, जनताको स्वास्थ्यभन्दा ठूलो कुरा अरु छैन ।

कम गुणस्तरका सामान ल्याएर मनलाग्दी गर्ने यो ठेक्का आजै रद्द गर्नू’, ओलीको निर्देशन उद्धृत गर्दै बालुवाटार निकट स्रोतले भन्यो, ‘यसबाट प्रधानमन्त्रीज्यू आफ्नो सचिवालय सदस्य र निकट मन्त्रीसँगसमेत रिसाउनु भएको छ ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार ०९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।