धादिङको ज्वालामुखी गाँपालिकाका अर्का एक व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । गाउँपालिकास्थित मैदी स्वास्थ्यचौकीमा गरिएको ऱ्यापिड टेस्टमा वडा नम्बर १ का २५ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएका युवालाई स्वाब परीक्षणको लागि धादिङ अस्पतालको एम्बुलेन्समार्फत् पाटन अस्पताल पठाइएको छ । उनी पृथ्वी राजमार्गको धार्केस्थित बुटवल फुलबारी होटेलमा काम गरि घर फर्केका बताइएको छ ।
ज्ञात रहोस्, गत मंगलबार ज्वालामुखी गाउँपालिकाकै अर्का एक युवाको ऱ्यापिड टेस्टमा पोजेटिभ देखिएको तर स्वाब परीक्षणको रिजल्ट भने नेगेटिभ आएको थियो । सो गाउँपालिकामा गत मंगलबारदेखि भारत लगायत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको ऱ्यापिड टेस्ट (आरडीटी किट)बाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको थियो । ऱ्यापिड टेस्टबाट रिपोर्ट पोजिटिभ देखिए पनि स्वाब टेस्ट गरेपछि मात्र पोजेटिभ भए–नभएको यकीन हुने छ ।





















प्रतिक्रिया