Logo

प्रवास

बैंग्लोरमा रहेका १० वर्षीय नेपाली बालक कोरोना संक्रमित



बझाङंको चैनपुरी घर भई हाल भारतको बैंग्लोरमा रहेका सुदूरपश्चिमका एक १० वर्षीय बालकमासमेत कोरोना संक्रमणको पृष्टि भएको छ। ति बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोरोना पुष्टि भएको थियो। आमाबुवा भने उपचारपछि निको भइसकेका छन्।

बालकको हाल बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बालककी आमा भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। र, सोही परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन्।

ति महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार ०७:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।