Logo

समाचार

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै



काठमाडाैं । सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ।

अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

अभियान सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र करिब १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार ११:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।